पर्वतमा युवतीलाई जबरजस्ती गरेको आरोपमा ४ जना पक्राउ

पर्वत | जेठ १६, २०८१

पर्वतमा युवतीलाई जबरजस्ती गरेको आरोपमा ४ जना पक्राउ

पर्वत:   २१ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा ४ जना पक्राउ परेका छन् ।

 

पर्वत प्रहरीका अनुसार पक्राउ पर्नेमा जलजला गाउँपालिका–४ मोहनचोक बस्ने ३२ वर्षीय सागर बहादुर मल्ल, २१ वर्षीय आकाश केसी, २२ वर्षीय सन्देश क्षेत्री र म्याग्दी बेनी नगरपालिका–४ घर भएका ३६ वर्षीय कुशल मल्ल छन् । 

 

उनीहरूले युवतीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी मिलनचोकबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

 

सो विषयमा हाल  प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्